बंगलादेशमा हिन्दुहरुमाथिकाे हिंसात्मक घटनाप्रति विश्व हिन्दु महासंघको आपत्ति

काठमाडौं । बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आड लागेर हिन्दु सनातन परिवार माथि भइरहेका घटनाप्रति विश्व हिन्दु महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघका महासचिव शम्भुहरि बास्तोलाद्धारा जारी विज्ञप्तिमा ‘बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आड लागेर सनातन हिन्दु धर्मावलम्बी बंगलादेशी नागरिकहरुको घर-गाउँमा आगो लगाइदिने, मठ मन्दिरहरु ध्वस्त पारिदिने, कुटपिट र हमला गर्ने जस्ता अराजक आततायी दुष्कर्महरुको विश्व हिन्दु महासंघ केन्द्रीय समिति घोर निन्दा एवं भत्र्सना गर्दछ ।’ भनिएको छ।

यसका साथै महासंघले बंगलादेशमा धार्मिक अल्पसंख्यक हिन्दु सनातन परिवार माथि भइरहेका यस्ता दुष्कर्महरु तुरुन्तै बन्द गराई धार्मिक सद्भाव कायम गरी मानव अधिकारको रक्षाको लागि विशेष पहल गर्न बंगलादेश लगायत विश्वभरिका मुस्लिम धर्मगुरुहरु, मानव अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रियरअन्तर्राष्ट्रिय संघरसंगठन, बंगलादेशका वर्तमान सेना प्रमुख र संयुक्त राष्ट्र संघसँग अनुरोध गरेको छ  ।

यस्तै महासंघले बंगलादेशमा स्थायी बसोबास गरिरहेका हिन्दु सनातनी जनताको पूर्ण सुरक्षाका साथसाथै अध्ययन लगायत अन्य विभिन्न प्रयोजनका लागि अहिले बंगलादेशमा रहेका नेपाल, भारत लगायत देशका सम्पूर्ण हिन्दु सनातनी नागरिकहरूलाई सुरक्षित रूपमा बसोबास, पेशा व्यवसाय र अध्ययन गर्न पाउने हकको सुरक्षाका लागि सक्रियतापूर्वक पहल गर्न नेपाल तथा भारत सरकारको समेत ध्यानाकर्षण गरेको छ  ।

यस्तो छ विज्ञप्ति

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...