बिहानै खाली पेटमा नखानुहोस् चियासँग बिस्कुट, हुन्छन् यस्ता हानि

काठमाडौं । हामी नेपालीहरू प्राय बिहान नास्तामा चियासँग बिस्कुट खाने गर्छौ । ठूलादेखि साना सबैले अझ विशेषगरी बालबालिकाहरूले चियासँग बिस्कुट एकदमै मन पराउँछन् ।

तर बिहानै खाली पेटमा चियासँग बिस्कुट खानु कत्तिको स्वस्थकर हो भन्ने विषयमा हामीले केही सोच्न र बुझ्न भ्याएकै हुँदैनौ । यसकारण आज हामी बिहानै खाली पेटमा चिया बिस्कुटको सेवन गर्नु कत्तिको स्वस्थकर हो भन्ने विषयमा जानकारी गराउँछौ । 

चिया र बिस्कुट खाँदा तपाईँको तौल एकदमै छिटो बढ्छ । जसले गर्दा मोटोपनको समस्या आउन पनि सक्छ । बिहान खाली पेटमा चिया र बिस्कुट खाँदा शरीरमा धेरै क्यालोरी बढ्छ जसले गर्दा मोटोपन हुन्छ । यस्तै बिस्कुटमा काब्र्स र चिनीको मात्रा धेरै हुन्छ । यस्तोमा दिनहुँ बिस्कुटको सेवन गर्दा तपाईँको शरीरमा सुगरको मात्रा पनि बढ्न सक्छ ।

बिस्कुट बनाउनका लागि तेल, मैदा र चिनीको अत्यधिक प्रयोग हुन्छ । जसले गर्दा यसको सेवनले धेरै व्यक्तिमा कब्जियत, छाती पोल्ने तथा पाचन सम्बन्धी समस्या देखिने गर्दछ । यसैगरी चियामा पाइने क्याफिन र बिस्कुटमा हुने सुगरको मात्राले तपाईँको छालामा नकारात्मक असर गर्न सक्छ ।

चिया र बिस्कुटको सेवन एकैसाथ गर्दा छालालाई अझ धेरै बेफाइदा हुन्छ । जसले गर्दा डन्डीफोर लगायतका अन्य समस्या देखिन्छन् ।

बिस्कुटको सेवन गर्दा तपाईको दाँतलाई पनि नोक्सान हुन्छ । 

बिस्कुटमा धेरै सुगर पाइने र यो चपाउँदा एकदमै मसिनो हुनाले दाँतमा अड्किएर क्याबिटिजको समस्या हुन सक्छ । बच्चाका लागि बिस्कुट झनै नोक्सानदायक हुन्छ ।

प्रतिकृया दिनुहोस