गायिका मेनुकालाई चितवनमा भव्य स्वागत सम्मान

चितवन । गायिका मेनुका पौडेललाई चितवनमा विभिन्न संस्थाहरूले सम्मान गरेका छन्।
उनलाई चितवन देवघाटधाममा रहेको धर्मदर्शन आश्रम, नारायणगढमा रहेको नारायणी कला मन्दिर , नवलपुरको गैडाकोटमा रहेको प्रसिद्ध मोलाकालिका मन्दिर , त्यहाँ नै चल्ने मौलाकाली केबुलकार लगायतका सस्थालले उनलाई स्वागत तथा सम्मान गरेका हुन् । गायनका माध्यमबाट जगतमा नेपालको नाम चिनाउने गौरवपुर्ण कार्य गरेको भन्दै उनलाई सम्मान तथा स्वागत गरिएको हो । 

धर्मदर्शन फाउन्डेशनद्वारा सञ्चालित धर्मदर्शन आश्रमले प्रथम वार्षिकोत्सवका अवसरमा गायिका पौडेललाई सम्मान गरेको हो। उनी सो सम्मान ग्रहण गर्न चितवन आएकी थिइन् सो क्रममा उनलाई अन्य संघसस्थाले सम्मान तथा स्वागत गरेका हुन् । 

 उनलाई धर्मदर्शन आश्रमले नगद ५१ हजार १ रुपैयाँसहित धर्मदर्शन कला–संस्कृति–२०८१ सम्मान प्रदान गरेको थियो। सो सम्मान फाउन्डेसनका सस्थापक अध्यक्ष  पन्डित कुेवेर सुवदीले आश्रममा नै आयोजित आश्रमको प्रथम वाषिकोत्सव एवं श्री गणेश पुराण एवं श्रावणी महोत्सव २०८१ का अवसरमा गत विहिवार प्रदान गरेका हुन् । सो क्रममा आश्रमबाट नै आयोजित गण्डकी गंगा आरती दर्शन समारोह सहित मेनुका पौडेल एकल भजन सन्ध्या समारोह पनि आयोजना गरिएको थियो । फाउण्डेशनका सस्थापक अध्यक्ष  पंडित सुवेदीले स्वदेश तथा विदेशमा भजनको माध्यमबाट छाप छोड्न सफल गायिका पौडेलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए ।सो क्रममा अध्यक्ष पन्डित सुवेदीले गायिका पौडेलले भजन  र संगीतको माध्यमबाट  समाज रुपान्तरण समेत योगदान दिएको भन्दै गायिका पौडेललाई सम्मान गरिएको जनाए ।

यसै गरी उनलाई कला , साहित्य संस्कृतिको क्षेत्रमा स्थापना काल देखि लागि परेको चितवनमा अवस्थित नरायणी कला मन्दिरले पनि गायिका पौडेललाई सम्मान गरेको छ । 

संघका अध्यक्ष रोहितकुमार श्रेष्ठले गीत, संगीतको माध्यमबाट देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकोले गायिका पौडेललाई कलामन्दिरमै बोलाएर स्वागत एवं ,  सम्मान गरिएको बताए। सो क्रममा वरिष्ठ  गीतकार , एवं कला मन्दिरका पूर्व अध्यक्ष राम प्रसाद श्रेष्ठ, पुर्व अध्यक्षहरु शेखर कुमार श्रेष्ठ , अमर प्रधान , विनय श्रेष्ठ , , उद्धव जोशी , प्रभात कुमार श्रेष्ठ ,दिलिप पिया लगायत उपाध्यक्ष अनुकुल श्रेष्ठ ,   सचिव सनद पिया ,कोषाध्यक्ष प्रविन श्रेष्ठ  लगायतको मन्दिर समितिकाहरुको उपस्थिती रहेको थियो । गायिका पौडेलले सो क्रममा आफैले हार्माेनियम बजाएर भजन समेत समेत प्रस्तुत गरेकिथिइन्  ।
सो क्रममा गायिका पौडेलले आफु चितवनको नै चेली भएको भन्दै चितवनेलीको स्वागत सम्मानले खुशी लागेको बताईन् ।

उनलाई नवलपुर जिल्लाको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर सगै मौलाकाली केबुलकार परिवारले पनि सम्मान तथा स्वागत गरे । उनी कलामन्दिर मा रहेको थाहापाएपछि  मौलाकालि केबुलकारका म्यानेजर सुरज पौडेल उनलाई मोलाकालिका दर्शन गराउन कलामन्दिर नै पुगेका थिए । उनलाई केबलकारका स्टेसन म्यानेजर  पौडेल सहितको टोलीले ले स्टेसनमा स्वागत सम्मान गरेका थिए भने मन्दिर दर्शनका क्रममा मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कन्डेल , प्रमुख पुजारी क्षेत्रप्रसाद पराजुली लगायतले उनलाई सम्मान गरेका थिए । 
दृष्टिविहीन गायिका पौडेलले भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा उत्कृष्ट प्रस्तुति देखाएकी थिइन्।

इन्डियन आइडलमा उनी उत्कृष्ट दशभित्र परेकी थिइन ्। सानोआमा बुबाको घर पूर्वि चितवनमा उनी यतिखेर छिन् । उनी सोमबार काठमाडौ फर्किने परिवारले जनाएको छ । काठमाडौको केहि दिनको बसाई पछि उनी पुनः भारत नै फर्किने  छिन् ।

प्रतिकृया दिनुहोस