गर्मीमा किन खाने मौसमी फलफूल ?
काठमाडौं । अहिले गर्मी एकदमै बढिरहेको छ । हामीले जाडोको तुलनामा गर्मीमा धेरै स्वास्थ्यको ख्याल राख्नुपर्ने चिकित्सकको भनाइ हुन्छ ।
गर्मी मौसममा शरीरमा विभिन्न रोगले आक्रमण गर्नसक्ने खतरा हुन्छ । त्यसैले यस समयमा शरीरको विशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ । दैनिक गर्मी बढेसँगै धेरै जनामा खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइरहने जस्ता समस्या देखिन सक्छन् ।
यो मौसममा सफा र शुद्ध पानी पिउनुपर्छ । घाममा धेरै समय बस्दा वा बाहिर हिँड्दा प्यास लाग्यो भने जहाँ पायो त्यहीको पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्नसक्छ । हाम्रो शरीरलाई जहिले पनि पानीको आवश्यकता पर्छ ।
तर गर्मीमा पसिनाको माध्यमबाट पनि शरीरबाट बढी पानी जाने हुँदा बढी नै पानीको आवश्यकता पर्दछ। त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ। जसले शरीरमा रहेको विकार बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ ।
गर्मीमा लाग्ने रोगबाट बच्नका लागि हामीले यो मौसममा पाइने विभिन्न खाने कुरामा ध्यान दिनुपर्छ । मौसम अनुसारका फलफूलले शरीरलाई शितलता प्रदान गर्नुका साथै स्वास्थ्यमा राम्रो गर्ने हुन्छ ।
गर्मीमा मौसमी फलफूलको सेवन
यो मौसममा पाइने मौसमी फलफूलको सेवन गर्ने गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यो मौसममा पाइने फलफूलमा प्रशस्त मात्रामा पानी पाइने भएकाले स्वास्थ्यलाई राम्रो गर्छ ।
यो मौसममा पाइने मौसमी फलफूलको सेवन गर्ने गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यो मौसममा पाइने फलफूलमा प्रशस्त मात्रामा पानी पाइने भएकाले स्वास्थ्यलाई राम्रो गर्छ ।
जस्तो : खरबुजा, लिची, आँप, मेवालगायत फलफूल प्रशस्त मात्रामा खानुपर्छ। गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ । यसबाट शरीरलाई चाहिने पोषक तत्त्व प्राप्त हुन्छ ।
प्रतिकृया दिनुहोस