केटीहरु सानैमा किन महिनावारी हुन्छन् ? यसरी गर्न सकिन्छ साबधान
काठमाडौं । केटीहरुमा महिनावारी हुनु सामान्य कुरा हो । तर यो प्रक्रिया सानै उमेरमा सुरु भयो भने चिन्ताको विषय बन्न सक्छ वा मानिन्छ । पहिले केटीहरु ११ देखि १५ वर्षको उमेरमा महिनावारी हुने भए पनि आजकल छिटो हुने गरेको छ । अधिकांश केटीहरु ९ वर्षकै उमेरमै महिनावारी हुने गर्छन् । चाँडै महिनावारी हुनुले पनि महिलाहरुको स्वास्थ्यमा असर पार्न सक्छ । यसले महिलाहरुको स्वास्थ्यको लागि पनि हानिकारक हुन सक्छ । अब प्रश्न उठ्न सक्छ कि यस्तो किन भइरहेको छ । आजका अभिभावकले के गर्ने ?
अनुसन्धानले के भन्छ ?
जामा नेटवर्क ओपन जर्नलले अमेरिकामा एउटा अनुसन्धान गरेको थियो । सो अनुसन्धानका अनुसार सन् १९५० र ६० को दशकको तुलनामा अमेरिकामा केटीहरुको पहिलो महिनावारी औसात ६ महिना अगाडि हुने गरेको थियो । यस अन्ुसन्धानका अनुसार अब केटीहरुमा ९ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ ।

७१ हजारभन्दा बढी महिलाहरुमा सो अनुसन्धान गरिएको थियो । महिलाहरुले भनेको तथ्यांक अनुसार सन् १९५० देखि १९६९ सम्म १२. ५ वर्षको उमेरमा महिनावारी सुरु भएको पाइन्छ । यसैगरी सन् २००० देखि २००५ सम्म ११ देखि १२ वर्षको उमेरमा महिनावारी सुरु भएको पाइन्छ ।
तर अहिले ११ वर्ष नपुग्दै महिनावारी हुने बालिकाको संख्या ८.६ प्रतिशत बढेर १५.५ प्रतिशत पुगेको छ । भने ९ वर्ष नपुग्दै महिनावारी हुने बालिकाको संख्या त्यसको दोब्बर रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
अनुसन्धानका अनुसार महिनावारी बदल्नुको कारण रुझान हो । रिसर्चका अनुसार अधिकांश महिलाहरुमा नियमित महिना वारी पनि नहुने पाइएको छ । उनीहरुको महिनावारी अनियमित हुन्छ । जसले गर्दा महिलाहरु बिरामी हुने गर्छन् । जसमा पालिसिस्टिक ओवरी सिंड्रोम या पीसीओएस पनि हुने गर्दछ ।
रिसर्चका अनुसार महिलाहरु चाँडै महिनावारी हुनुले पनि उनीहरुको श्रीरमा असर पार्ने गर्छ । यसले गर्दा महिलाहरुमा रोग लाग्ने, मोटोपना बढ्ने, गर्भपात हुने र चाँडै मृत्यु हुनेको सम्भावना पनि बढी हुन्छ । यसका साथै चाँडै महिनावारी हुँदा पाठेघर तथा छातीलगायत विभिन्न अंगमा क्यान्सरको जोखिम पनि हुने गर्दछ ।
अनुसन्धानमा भनिएको छ, ‘यदि कुनै पनि महिला १२ वर्षभन्दा सानो उमेरमा पिरियड भएको छ भने उसलाई स्तन क्यान्सरको सम्भावना २० प्रतिशतभन्दा बढी हुन्छ ।
चाँडै महिनावारी हुनुको कारण के हो ?
अनुसन्धानका अनुसार महिलाहरुमा चाँडै महिनावारी हुनुको कारण एउटा मात्रै होइन । जसलाई थाहा पाउन धेरै जरुरी छ । जस्तै कुनै पनि महिला सानो उमेरमै धेरै मोटाएकी छिन् । अहिले स साना बालिकाहरु मोटोपनको सिकार हुन थालेका छन् । यस्तैमा जो बालिका सानैमा मोटी छिन् उनीहरुमा चाँडै महिनावारी हुन सक्ने सम्भावना बढी हुन्छ । यसका साथै तनाव पनि यसको मुख्य कारण हुन सक्छ ।

अनुसन्धानले भनेको छ, ‘जब हामीलाई तनाब हुन्छ । तब हाम्रो शरीरमा कोर्टिसोल हर्मोन र एण्ड्रोजन हर्मोन धेरै विकास हुन्छ। फ्याट टिशू हर्मोनको एस्ट्रोजनमा बदल्छ । यसले स्तनलाई बढाउँछ ।’ एस्ट्रोजनमा रिलिजबाट आएको यस परिवर्तनले पनि शरीरमा चाँडै महिनावारी हुने गर्दछ ।
यस्तै हाम्रो वातावरणमा खराब तरिकाले फैलिएको केमिकल्सले पनि चाँडै महिनावारी गराउँछ । आजभोलि महिलाहरुले प्रयोग गर्ने कस्मेटिक्स सामग्रीले पनि यसलाई बढाएको छ ।
यसलाई कम गर्न अभिभावकको भूमिका
अनुसन्धानका अनुसार चाँडै महिनावारीलाई रोक्नको लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्दछ । आफ्नो बच्चाहरुलाई फलफूल तथा हरियो सागपात खुवाउने गर्नुपर्छ । स्वस्थ र पूर्ण खाना खुवाउने गर्नुपर्छ । यसले गर्दा चाँडै महिनावारी हुने जोखिमलाई कम गराउँछ ।

डाइटसँगै बच्चाहरुलाई नियमित शारीरिक व्यायाम, पर्याप्त निन्द्रा पनि अत्यावश्यक हुन्छ । यदि तपाई यी दुबै चिजलाई ध्यान दिनुभयो भने चाँडै महिनावारी हुने जोखिमलाई कम गर्न सक्छ । केही अनुसन्धानले धेरै सुत्ने र ढिलासम्म सुत्ने बानीले पनि महिनावारी चाँडै हुने गरेको देखाएको छ ।
अभिभावकले बच्चाहरुलाई सधैँ यस्तो अवस्थामा तयार रहनको लागि महत्पवूर्ण भूमिका खेल्न सक्ने अनुसन्धानले बताएको छ । बच्चाहरुलाई पनि यसबारेमा पहिले नै जानकारी दिनुपर्छ । यसले गर्दा उनीहरु जस्तो सुकै परिस्थितीमा पनि सामना गर्न सक्छन् ।
प्रतिकृया दिनुहोस