रोगव्याधिको नाममा राँको फाल्ने
काठमाडौँ । प्राचीन संस्कृति अनुरूप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । असार महिनाभर खेतीपातीले थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तसँग रमाइलो गरी साउने सङ्क्रान्ति मिठोमसिनो तुल्याएर भोज खाने गर्छन् । साउने सङ्क्रान्तिमा ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै आगोको राँको फालेको’ ९० वर्षीय हरिबहादुर खड्का सम्झिनुहुन्छ । यो बिस्तारै हराउँदै तथा नयाँ पुस्ताले संस्कृति भुल्दै गएकोप्रति उहाँको चिन्ता छ ।
ज्योतिषी आदित्य राजका अनुसार बढ्दो आधुनिकीकरणले समाजमा मौलिक रीतिरिवाज लोप हुँदै जान लागेको छ । साउने सङ्क्रान्ति पर्वमा गरिने कार्यको धेरै महìव रहेको धारणा उहाँको छ । उहाँले शरीरमा वर्षाका बेला अनेकौँ किराले टोकेर शरीर सुनिने, घाउ खटिरा आउने हुँदा शरीर स्वास्थ्यका लागि कण्डारक पूजा गर्ने र लुतो फाल्ने चलन चलेको बताउनुभयो । ज्योतिष शास्त्र अनुसार पनि सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) तथा मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महìवपूर्ण मानिन्छ ।
उहाँका अनुसार यसै दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । ज्योतिषी राजका अनुसार परम्परा अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नास्पाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घन्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेको छ ।
किराँत लिम्बूको सिसेक्पा तङ्नाममा
ताप्लेजुङ समाचारदाताका अनुसार साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ का रूपमा मान्ने गर्छन् । सिसेक्पा तङ्नाम अर्थात् साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउने गरिएको पाइएको छ । ताप्लेजुङसहित पूर्वका किराँत लिम्बू समुदायले साउन १ गते सिसेक्पा तङ्नाम भव्य रूपमा मनाएका छन् ।
ताप्लेजुङका लिम्बू समुदायले मौलिक संस्कृति प्रस्तुतिसहित शुभकामना आदानप्रदान गरेर सिसेक्पा तङ्नाम मनाएका छन् । जिल्लास्थित किराँत याक्थुङ चुम्लुङ र याक्थुङ कलाकार मञ्चले संयुक्त कार्यव्रmम गरी सिसेक्पा तङ्नाम मनाएका हुन् । किराँत याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले सिसेक्पा तङ्नामको अवसरमा सांस्कृतिक कार्यव्रmम गरिएको जानकारी दिनुभयो । कार्यव्रmममा लिम्बू जातिको मौलिक संस्कृति अन्तर्गत याःलाङ (धान नाच) र केःलाङ (च्याब्रुङ नाच) प्रस्तुत गरिएको थियो । साँझपछि किराँत लिम्बू समुदायले आफ्नो इस्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउने गर्दछन् । सङ्क्रान्तिका दिन बिहानदेखि विशेष खानपानसँगै दिउँसो शुभकामनासहित औपचारिक कार्यव्रmम र साँझ अन्न, फलफूल र कुरिलोका पातहरू सङ्कलन गरेर डोरीले बाँधेर ढोकामा झुन्ड्याउने गरिन्छ । हरियो बाबियोको डोरी बनाई अन्न, फलफूल र अन्य पातहरू लहरै सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा रहिआएको कियाचुकी जिल्ला अध्यक्ष मान्याङबोले जानकारी दिनुभयो ।
बेलुकीको खाना खाइसकेपछि छरछिमेक सबैले एकसाथ बन्दुक पड्काउने, थाल, झ्याम्टा, ढोल बजाउने, नाङ्लो ठटाउनेलगायतका गतिविधि गरी सिसेक्पा तङ्नामको समापन गर्ने गरिएको कियाचु अध्यक्ष मेन्याङ्बाले जानकारी दिनुभयो । उहाँका अनुसार घर वा समाजमा भएको खराब तìवको अन्त्य हुने परम्परा अनुसार किराँत लिम्बू समुदायले सिसेक्पा तङ्नाम एक विशेष महìवका साथ मनाउने गर्छन् ।
घरको छतमा धुपीको राँको
हुम्ला समाचारदाताका अनुसार हुम्लामा साउने सङ्क्रान्तिमा घरको छतमा धुपीको राँको बाल्ने चलन छ । धुपीको राँको बालेर फाल्नाले सङ्कट मोचन हुने र अनिकाल जाने जनविश्वास रहेको छ । सांस्कृतिक संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाका अनुसार असार महिनाभर धान रोपाइँलगायत खेतीपातीले थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तसाथ रमाइलो गरी भोज खाएर हुम्लामा साउने सङ्क्रान्ति पर्व मनाउने गरिन्छ । गोरखापत्र अनलाइन बाट
प्रतिकृया दिनुहोस