श्रद्धान्जली सभा सम्पन्न


अषार ,३० , काठमाडौ । धार्मिक ,सामाजिक ,शैक्षिक व्याक्तित्व ९२ वर्षे तुलसी प्रसाद बराल दिवंगत हुनुभएको ७ पुष्य तिथीका सन्र्दभमा श्रद्धान्जली सभा आयोजना गरिएको छ । महानगरपालिका वडा नं १९ मा अवस्थित श्री जनप्रिय पब्लिक स्कुलको आयोजनामा श्रद्धान्जलीसभा  आयोजना गरिएको हो । 
उहाँ सो विद्यालयका संचालक समिति सदस्य  तथा सेयर सदस्य अमृत प्रसाद वरालका  ,सेयर सदस्य राम कुमारी वराल(अर्याल)का बुबा ,जनप्रिय पब्लिक स्कुलका सस्थापक प्रिन्सीपल , संचालक समिति सदस्य सचिव तथा सेयर सदस्य भानुभक्त अर्यालको ससुरा वुवा  हुनुहुन्थ्यो । श्रद्धान्जली सभामा विद्यालयका प्रशाशक विश्वराज अर्यालले शोक मन्त्वय दिनुका साथै समवेदना पत्र परिवारकालाई हस्तान्तरण गर्नुभएको थियो । पोखरा महानगरपालिका २६  बरालडाडाँ निवासी उहाँ केहि समय देखि काठमाडौमा बस्नुभएको थियो । सोही क्रममा उहाँको गत अषार २३ गते निधन भएको थियो । उहाँको इच्छा अनुसार नै पार्थिव शरिर पशुपतिको आर्यघाटमा विर्शजन गरिएको पारिवारिक स्रोतले जनाएको छ ।  उहाँको ४ छोराहरु नारायणप्रसाद बराल ,, वद्रि प्रसाद बराल , अर्जुन प्रसाद वराल , अमृत बराल र ४ छोरीहरु सरस्वती सुवेदी , कृष्ण कुमारी ढुगंना, रामकुमारी अर्याल र सरस्वती अधिकारी रहनुभएको छ । उहाँको धर्मपत्नि  कुलकुमारी भण्डारीको भने २०५६ सालमा नै निधन भएको थियो । 

प्रतिकृया दिनुहोस