नारायणगढस्थित नारायणी नदी किनारमा बृहत योग शिविर सम्पन्न
चितवन, ३ असार । १० औं अन्र्तराष्ट्रिय योग दिवस—२०२४ को अवसरमा सोमबार चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बृहत योग शिविर सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा योग शिविर सम्पन्न भएको हो ।
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजकलाई धन्यवाद दिँदै भरतपुरमा शिविर संचालन हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले स्वस्थ्व जीवनको लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग र अनुसाशनका लागि योग आवश्यक रहेको भन्दै योग गरौं स्वस्थ्व रहौं भन्ने मूल नारा सबैले अबलम्वन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
देशकै केन्द्र भागमा रहेको भरतपुर महानगरपालिका अस्पतालको शहर समेत भनेर चिनिने भएतापनि सकेसमम अस्पताल जान नपरोस भन्ने तर्फ महानगरपालिकाको ध्यान गएको भन्दै योगबाट नै स्वस्थ्व रहन पर्ने कुरा उहाँले अवगत गराउनुभयो । महानगरले विभिन्न स्थानहरुमा योग शिविरहरु संचालन गर्दै आएको भन्दै प्रमुख दाहालले पतन्जली लयागतका संस्थाहरुसँग सहकार्य गरेर अघि योग कक्षाहरु संचालनमा अघि बढेको बताउनुभयो । उहाँले विद्यालय स्तरबाटै योग सिकाउन आवश्यकता रहेको ठानेर महानगरपालिकाले महानगरका विद्यालयहरुमा योग पशिक्षक राखेर विद्यार्थीहरुलाई योग सिकाउँदै आएको जनकारी दिनुभयो । नियमित योग अभ्यासले बाहिरी रोग मात्रै नभएर रोगहरु मात्रैे मानसिक रोगहरुलाई समेत हटाउने उहाँको भनाई थियो ।
नेपालका लागि भारतीय महावाणिज्य दुत देवी साही ‘डि.एस.’ मिनाले योगा सबैको लागि अति आवश्यक रहेको औल्याउनुभयोे । उहाँले दुतावासले अन्तर्राष्ट्रिय योग दिवस, सप्ताहव्यापी रुपमा नेपालमा विभिन्न कार्यक्रम तथा योग शिविर गरी गरी मनाइँदै आएकोे बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो उल्लेख गर्दै महावाणिज्य दुत डि.एस. मिनाले नेपालको मुख्य शहर हेटौंडा, नारायणगढ, रौतहट, जनकपुर , पोखरीया (पर्सा) र वीरगंजमा योग शिवर सञ्चालन गरिँदै आएको उल्ल्ेख गर्नुभयो । नियमीत योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने उहाँको भनाई थियो ।
उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले योग शिविरबाट योगा सिक्ने अवसर भएको बताउनुभयो । बृहत योग शिविरमा संघका तर्फबाट सहभागिता र सहयोग गर्न पाउनु राम्रो विषय रहेको भन्दै ओलीले बदलिँदो जीवनशैली कारण अहिले आम नागरिकमा मानसिक रोगको क्रम बढ्दो अवस्थामा रहेको र नियमित योग अभ्यासले यसरलाई परास्त गरी स्वस्थ्य भएर जिउन सकिने बताउनुभयो । यस्ता शिविरहरले नियमित योग अभयासका लागि सिकिन्े अवसर भएको उहाँको भनाई थियो ।
शिविरमा जिल्लाका सुरक्षकर्मीहरु, विभिन्न कार्यलयका कर्मचारीहरु, पार्टी प्रतिनिधीहरु, स्थानीय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बिहान ५ः ३० बजे सुरु भएको योग शिविर बिहान ७ः३० बजेसम्म संचालन भएको थियो । शिविरमा पतन्जली योग पिठकी योग प्रशिक्षक अस्मिता पाण्डेले योगा सिकाउनुभएको थियो भने आर्ट अफल लिभिङका विकास काफ्लेले योग र जीवनको बारेका उल्लेख पानर्सभएको थियो । शिविरमा भरतपुर महानगरपालिका, नेपाल भारत मैत्री संघ, उद्योग वाणिज्य संघ चितवनलगायत संघ संस्थाहरुकोे सहयोग रहेको थियो ।

प्रतिकृया दिनुहोस