धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो
काठमाडौं । नेपालमा धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ ।
विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूम्रपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको प्रयोगसम्बन्धी ऐनलाई कार्यान्वयन गर्नका लागि सरकारले काम गरिरहेको बताए । उनले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्य रणनीतिमा सुर्तीजन्य पदार्थले गर्दा लाग्ने क्यान्सर र त्यसको उपचार पद्धतिबारे समावेश गरिएको उल्लेख गरे ।

नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य डा प्रदीप वैद्यले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैँ सचेत हुनुपर्ने बताए।
प्रतिकृया दिनुहोस