काठमाडौँका यी ठाउँमा भोलिदेखि वैशाख २८ सम्म दैनिक ४ चार घण्टा बत्ती जाने

काठमाडौ , २२ वैशाख ।काठमाडौँका केही ठाउँमा भोलि (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो।कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ। 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...