पुर्वराजा रानी पनि पनौतीको लड्केश्वरको कोटीहोममा

पनौती , २९ , फागुन । पुर्वराजा ज्ञानेन्द्र शाह रानी कोमल शाहसगै पनौती ११ बल्थली  लड्केश्वरधाममा आयोजित राष्ट्रिय कोटीहोममा गई पुजाअर्चना  गर्नुभएको छ ।  । काभ्रे जिल्लाको प्रसिद्ध तिर्थस्थल लड्केश्वर धाममा फागुन २ गते बाट राष्ट्रिय कोटीहोम सञ्चालन  छ ।
चैत २ गते सम्म चल्ने कोटीहोममा  आईतवार राष्ट्रपति रामचन्द्र पौडेलले पुग्नुभई पुजाअर्चना गर्नुभएको थियो ।
सो कोटीहोममा देशका विभिन्न भाग बाट लाखौं भक्तजनहरु आईसकेको र अहिले पनि भक्तजनहरु आउने क्रम जारी रहेको आयोजक समितिले बताएको छ । देशमा शान्ति,स्थिरता र धार्मिक सहिष्णुता कायम गर्नु , लड्केश्वर धामको धार्मिक महत्वका बारेमा जानकारी दिनुका साथै यस क्षेत्रमा आवश्यक भौतिक पुर्वाधारको निर्माण गरी धार्मिक पर्यटक भित्राउनु कोटीहोमको मुख्य लक्ष्य रहेको प्रसिद्ध भागवत वाचक  डा. कान्ता भट्राइले बताउनु भयो । उहाँका अनुसार समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष सेवन गरी सुष्टि लाई बचाउनुभएको  आराध्यदेव महादेव विषको असर लाई कम गर्न यस क्षेत्रमा आई बसेको र त्यस बेला देखि नै यहाँ प्राकृतिक रुपमै ढुङगा बाटै दुध र पानी  झर्ने गरेको देख्न सकिन्छ । यहाँ आएर शुद्ध मनले वरदान मागे पुग्ने जनविश्वास रहिँ आएको छ । पुर्व राजा शाह आफैले गाडी चलाएर कोटीहोमस्थल पुग्नुभएको थियो । पुर्व राजा आउँने थाहा पाए संगै उहाँका समर्थक बिहानै देखि लडकेश्वरमा पुगेका थिए।


उनीहरुले राजा आउ देश बचाउ भन्ने नारा समेत लगाएका थिए। पुर्व राजा दम्पतीले कोटीहोममा बिषेश पुजा आजा गरेका थिए। एता आज सोमबार परेकाले अरुदिनको तुलनामा भक्तजनहरुको ठुलो भिड लागेको थियो। जसले गर्दा सवारी आवाजजावतमा धेरै समस्या परेको थियो। 

वल्थली लडकेश्वरमा ओमकार फाउण्डेशनले बिगत एक महिना देखि कोटीहोमको आयोजना गरिरहेको
पुर्वराजा पुर्व रानी सगै परिवारका साथ  काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...