महायज्ञको बाचक , उपवाचक र गणेश सबै छोरीहरु

देवघाटधाम , फागुन ,२२ । नेपालको पहिलो संस्कृत शिक्षालाई प्राथमिकता दिने भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्री रामजानकी बालिका आश्रमले लगाएको महायज्ञको वाचक र उपवाचक र गणेशको भुमिकामा छोरीहरु रहेका छन् । यही फागुन २० गते देखि आश्रम परिसरमा नै शुरु गरिएको महायज्ञमा वाचकमा किशोरी भागवत वाचकका रुपमा परिचित शास्त्री उमा महेश्वरी र उपवाचकमा आश्रम कै छोरी शास्त्री सुनीता बटाला (लोककल्याणी) रहनुभएको छ । त्यसैगरि महायज्ञको गणेशको भूमिका पनि आश्रम कै छोरी राधिका लम्साल (लोककल्याणी) रहनुभएको छ । महायज्ञमा सहउपवाचकको भुमिका पनि आश्रमकै वैण्णवी पोखरेल –लोककल्याण्ी रहनुभएको छ ।
महायज्ञ अवधिभर मण्डप पुजा, पाठ पारायण, अखण्ड भजन जागराम लक्ष्यदिप, नृत्य पुजा हुनेछन् । फागुन २६ गते सम्म चल्ने महायज्ञका झाकी , नृत्य लगायतका अनुष्ठान पनि आश्रमका छोरीहरुले पालैपालो गर्ने गरेका छन् । यहाँ रहेका किशोरीले महायज्ञमा वैदिक पूजापाठदेखि भागवत वाचन गर्ने आश्रमका महासचिव रामेश्वर प्रसाद खनालले जानकारी दिनुभयो ।
लोक कल्याण सेवा प्रतिष्ठान द्धारा सञ्चालित सो आश्रमका छोरीहरुलाई नै संस्कृत विधामा पारंगत बनाउने संकल्प गरिएको १०८ औ महायज्ञ मध्ये ७९ यज्ञ आश्रम परिसरमा नै आयोजना गरिएको आश्रमका अध्यक्ष सावीत्री माताले जानकारी गराउनु भयो । वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यस महायज्ञबाट यहाँका बालिकालाई देशकै योग्य छोरी तयार गर्ने लक्ष्य आश्रमले लिएको छ । । अहिले यहाँ ३४ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित,बनिरहेका छन् । महायज्ञबाट संकलित रकमले बालिका आश्रमको अधुरो निर्माणाधिन भवन सम्पन्न र अक्षयकोष बृद्धि गर्ने लक्ष्य लिइएको छ । महायज्ञको उद्घाटन पूर्व देवघाटधामको वेणी संगम परिसर देखि कलश यात्रा समेत निकालिएको थियो । १३ बर्षअघि स्थापना भएको यस बालिका आश्रममा हालसम्म ८६ जनाले सेवा लि छन् । त्यसमध्ये ४७ जनाको पूर्नमिलन गरिएको आश्रमले जानकारी दिएको छ । यस अघि आश्रमले चितवका विभिन्न ठाउँ सगै ,काठमाडौ , दमौली ,मकवानपुर लगायत देशक विभिन्न ठाँउमा पुगेर महायज्ञ लगाएको छ । पछिल्लो समयमा आश्रमका भागवत वाचक छोरी अन्य सस्थाबाट आयोजीत महायज्ञमा वाचकको भुमिका निभाइसकेका छन्
प्रतिकृया दिनुहोस