महिनावारी अघि असाध्य दुखाइ हुने एन्डोमेट्रियोसिस के हो ?
काठमाडौं,२४ माघ । आम मान्यता छ- महिला कमजोर हुन्छन्। तर सत्य के पाइएको छ भने महिलामा पीडा सहने क्षमता पुरुष भन्दा निकै बढी हुन्छ। संसारकी हरेक बालिग महिला महिनावारी सुरु हुनु पहिले कठीन दुखाइबाट गुज्रिनुपर्छ। कतिलाई कम हुन्छ तर कतिलाई भने सहनै मुश्किल हुनेगरी दुखाइ हुन्छ।
महिनावारीका समयमा सामान्य दुखाइ आम कुरा हो । तर हद भन्दा धेरै दुखाइ सामान्य होइन। यो एक प्रकारको बिमारी हो । जसलाई एन्डोमेट्रियोसिस भनिन्छ।
दुनियाका प्रत्येक १० मा एक महिला एन्डोमेट्रियोसिसबाट पिडित छन्। संसारका १७ कमरोड महिला यो समस्याले हैरान छन्।
यसमा प्रशस्त खोज हुन बाँकी छ। सन् १८६० मा चेक वैज्ञानिक कार्ल फन रोकितान्ले यसको पहिचान गरेका थिए। जबकीय यसलाई लिएर अझै धेरै मतभेद छन्। यसका लक्षणहरु हिस्टेरियासँग पनि मिल्छन्। त्यसैले यसको सम्बन्ध हिस्टेरियासँग रहेको बताइन्छ। तर पाठेघरसँग जोडिएका कति रिसर्चले यसलाई खारेज गरिदिएका छन्।
खाशमा महिनावारी भन्दा पहिले पाठेघरको नजिक रगत जम्मा हुन्छ। जुन फर्टिलिटी पिरियडको समयमा स्पर्म प्राप्त नहुनुका कारणले शरीरबाट बाहिर निक्लिन्छ। कति समय त यी रक्तकोशिका पाठेघरका साथै फेलोपियन ट्युब, आन्द्रा, कोख आदिमा पनि जम्मा हुने पाइएको छ।
केही खाश केसमा त यो फोक्सो, आँखा, दिमाग र मेरुदण्डको हड्डीसम्म पाइएको छ। एन्डोमेट्रियोसिस हुँदा महिनावारीको समयमा धेरै नै रगत बग्दछ। पिरियड सुरु हुनु भन्दा पहिले कमजोरी, थकान, ढाड दुख्ने, घुँडा दुख्ने, टाउको दुख्ने आदि हुन्छ।
यो समस्याको अहिलेसम्म खाश समाधान पत्ता लागेको छैन। सर्जरी एउटा उपाय बताइएको छ तर यो पनि यकिन भइसकेको उपचार होइन। अप्रेशनपछि पनि दुखाइ कायम रहन सक्ने देखिएको छ।
कतिले यसको उपचार प्रेग्नेन्सी बताउँछन् तर गर्भावस्थासम्म मात्रै यसले राहत दिन्छ। महिनावारीको प्रक्रिया सुरु भएपछि फेरि समस्या दोहोरिने गरेको पाइन्छ।
एन्डोमेट्रियोसिसको दुखाइलाई ओएस्ट्रोजन र हर्मोनल ट्रिटमेन्टबाट ठिक पार्ने कोशिस जारी छ। जानकारहरुका अनुसार ओएस्ट्रोजनको प्रयोगले महिलामा डिप्रेशन बढ्दै जान्छ। सन् २०१६ मा डेनमार्कमा गरिएको अनुसन्धानबाट यो सावित भएको छ।
मेडिकल मेनोपोज एक विकल्प हुन सक्छ । तर, यसका कारण हड्डी कमजोर हुन थाल्ने हुन सक्छ। कतिपय समयमा एक्सिडेन्टल मेनोपोज पनि हुन सक्छ। पेनकिलरबाट दुखाइ रोक्न सकिन्छ तर स्थायी समाधान होइन । अर्कोतिर लामो समय दुखाइको दवाइ लिने गर्दा हाइपरटेन्सन र रगतको कमी जस्ता समस्या आउन सक्छन्।
एन्डोमेट्रियोसिसलाई लिएर अध्ययन जारी छन्। जबसम्म ठोस नतिजा आउँदैन, तबसम्म हर्मोन नियन्त्रक दबाइ र लेप्रोस्कोपी यसको उपचार हो । - बीबीसीबाट
प्रतिकृया दिनुहोस