द आर्ट अफ लिभिङ चितवनको सेन्टर हुलाकचोक भरतपुरमा
चितवन,२१ माघ । द आर्ट अफ लिभिङ चितवनले हुलाकचोक भरतपुरमा आफ्नो सेन्टर संचालनमा ल्याएको छ । नियमित रुपमा योग, ध्यान, सत्सङ्ग एवं साधना गर्ने उदेश्यले सेन्टर संचालन गरिएको जिल्ला संयोजक भोज बहादुर खड्काले बताए ।
श्री श्री रबि शंकरद्वारा प्रतिपादित द आर्ट अफ लिभिङको शाखा बिश्वभरी फैलिएको छ चितवनमा पनि गुरुका अनुयायीहरु हुनुहुन्छ द आर्ट अफ लिभिङका विभिन्न कोर्सहरु बिगत देखिनै चलिरहेको छ तर नियमित रुपमा फलोअप गर्ने सेन्टरको अभाव थियो त्यो अभाव आजबाट पूरा भएको छ, संयोजक खड्का भन्छन् सेन्टर सन्चालन सङ्गै जिल्लामा रहेका डि सि सि, टिचर एवं भोलिन्टियरहरुको सक्रियता बढ्नेछ ।
गुरुपुजा एवं सत्सङ्ग गर्दै औपचारिक रुपमा सेन्टरको शुभारम्भ गरिएको थियो । पुर्व डि सि सि शिलु सरवगीले गुरुपुजा गराएकी थिइन भने भजन को-अर्डिनेटर बिकास मरहठ्ठा र भोलिन्टियर सुरक्षा सापकोटाले सतसङ्ग गराएका थिए । कार्यक्रममा जिल्लामा रहेका डि सि सि, टिचर एवं भोलिन्टियरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस