चितवनमा नाथ परिषद गठन

चितवन । राप्ती नगरपालिका वडा न.२ स्थित गोरखनाथ मन्दिरमा भएको चितवन जिल्ला भरका दर्शनी नाथको भेलाले  पछि बिस्तार गर्ने गरी १२ सदस्यीय नाथ राष्ट्रीय परिषद चितवन गठन गरेको छ ।

पुसको अन्तिम साता भएको भेलाले योगी खड्गनाथलाई अध्यक्षमा चयन गरेको छ । यस्तै, उपाध्यक्षमा योगी रबीनाथ, सचिवमा योगी भिमनाथ, कोषाध्यक्षमा योगी गणेशनाथ, सह(सचिवमा योगी सिद्धिनाथ, सदस्यमा योगी भोलानाथ, योगी महादेवनाथ,  योगी सूर्यचन्द्रभानु नाथ, योगी योगेन्द्रनाथ, योगी डिलनाथ, योगी पदम नाथ, योगी गोपालनाथ चयन हुनु भएको छ । 

उक्त भेलामा केन्द्रीय महासचिव योगी डा।दयानाथ,केन्द्रीय सदस्यहरु योगी निरन्जननाथ,योगी जगतनाथ,योगी होमनाथ समेतको बिशेष उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...