पटिहानीमा रक्तदान कार्यक्रम सम्पन्न, १०६ जनाले गरे रक्तदान

चितवन,१७ माघ । भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पटिहानीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 भरतपुर भ्रमण बर्षको पुर्व सन्ध्यामा चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कसरा पर्यटन ब्यबसायी समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी,उपशाखा पटिहानीको सहकार्यमा भरतपुर २२, अम्ब्रेला स्ट्रीट परिसरमा आज सम्पन्न रक्तदान कार्यक्रममा १३ जना महिलासहित १०६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक छबिराम पौडेलले जानकारी दिए ।

कसरा पर्यटन ब्यबसायी समितिका अध्यक्ष एवम् नारायणी सफारी होटलका संचालक सन्जीवदास श्रेष्ठको सभापतित्त्व, भरतपुर-२२ का वडा अध्यक्ष बिष्णुराज महतोको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा भरतपुर २३ का वडा अध्यक्ष दिपक दवाडी बिशिस्ट अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा पर्यटन ब्यबसायी, बिभिन्न टोल बिकास संस्थाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस