पेटमा मालिस गरेपछि हुन्छ यस्तो फाइदा

एजेन्सी । आयुर्वेदमा पेट मालिस गरेर कयौं रोग निको बनाइन्छ । पेट मालिस गर्नाले कब्जियत, अपच तथा ग्यास जस्ता समस्या निको हुन्छन् ।

यसबाट मिल्ने फाइदा बारे विस्तारमा जानौं
- पुदिनाको तेलले पेटको मालिस गर्नाले कब्जियतको समस्या निको हुन्छ । साथमा यसले तपाईंको पाचन प्रणाली पनि राम्रो हुन्छ ।

- पेटको मालिस गर्नाले मोटोपन पनि कम हुन्छ । पेटको मालिसले पेट वरिपरि रक्तसञ्चार राम्रो हुन्छ । जसले गर्दा बोसो पग्लिँदै जान्छ र मांसपेशी कसिलो हुन्छ ।

- पेटको मालिसले शारीरिक सँगै मानसिक थकावट पनि कम हुन्छ । दैनिक तीन मिनेट पेट मालिस गर्दा तनाव पनि कम हुन्छ ।

- पेटको मालिसले अपच, ग्यास र एसिडिटी जस्ता समस्या कम हुन्छ । साथमा यसले पेट फुल्ने समस्या पनि हुँदैन ।

- पेटको मालिस गर्न ढाड सिधा पारेर पल्टनुहोस् । त्यसपछि हातमा जैतुन, नवरिल वा तोरीको तेल लिनुहोस् र पेटमा गोलाकारमा घुमाउँदै तीन मिनेटसम्म मालिस गर्नुहोस् ।

सावधानी
यदि तपाईंलाई पत्थरी वा पेटमा अल्सरको समस्या छ भने मालिस नगर्नुहोस् । साथमा पेटमा मालिस गर्दा एकदमै धेरै दबाब पनि दिनुहुँदैन । पेटमा लामो समय पनि मालिस गर्नुहुँदैन ।

प्रतिकृया दिनुहोस