मधुमेहबाट बच्न यस्ता कुरामा दिऊँ ध्यान
काठमाडौं,११ माघ । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएको अवस्थालाई मधुमेह अर्थात् चिनीरोग लागेको भनिन्छ।
मधुमेह हुँदा शरीरमा चिनीको मात्रा बढ्छ। यो खानपान र जीवनशैलीका कारण पनि हुने गर्छ। अहिले मधुमेहका रोगी बढिरहेका छन्। हामीले खानपानमा ध्यान दियौं भने मधुमेहबाट बच्न सकिन्छ।
हामीले बेला-बेलामा सुगर लेभल जाँच गर्नुपर्छ। त्यसो गर्नु पनि एक किसिमको रोकथाम हो। मधुमेहको लक्षण शुरुमै देखिन पनि सक्छ, नदेखिन पनि सक्छ।
लक्षण
– शरीर धेरै मोटो देखिनु
– आँखाको कालो भागमा सेतो रिंकल देखिनु
– खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु
– घाँटीमा कालो बस्ने र जति धोए पनि नजाने हुनु
के गर्ने ?
– कार्बोहाइड्रेट कम भएको खानेकुरा खाने
– ताजा सागपात, फलफूल खाने
-बेला-बेलामा माछा खाने
– प्रोटिनयुक्त खानेकुरा खाने
– चिल्लो-पिरो नखाने
– मधुमेह भइसकेको छ भने ग्लुकोजजन्य फलफूल नखाने
– रातो र बोसो भएको मासु नखाने
– बट्टामा राखिएको अचार नखाने
– बट्टामा राखिएको अचार नखाने
– मैदाजन्य खानेकुराहरू नखाने
– धूम्रपान तथा मद्यपान नगर्ने
– तनाव व्यवस्थापन गर्ने
– थप समस्या देखिएमा चिकित्सकको सम्पर्कमा गई सल्लाहबमोजिम औषधि उपचार गर्ने
(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग कुराकानीमा आधारित)
प्रतिकृया दिनुहोस