बिरामी अवस्थामा पनि तपाई काम गर्नुहुन्छ ? होसियार हुन सक्छ यस्तो खतरा
एजेन्सी । कतिपय मानिस अहिले यति व्यस्त हुन थालेका छन् कि बिरामी अवस्थामा पनि काम गरिरहेका हुन्छन् । जसले गर्दा स्वास्थ्यमा झन धेरै नोक्सान पुग्न सक्छ ।
- बिरामी अवस्थामा आरामको आवश्यकता हुन्छ । आराम नगर्दा अन्य कस्ता समस्या आउन सक्छन् भन्नेबारे यहाँ जानौं ।
कामको लतले मानिसलाई मानसिक तथा शारीरिक स्वास्थ्य कमजोर बनाउन सक्छ । यसले तनाव तथा एन्जाइटी जस्ता समस्याको सुरुआत हुन्छ ।
- यदि तपाईं बिरामी भएको अवस्थामा पनि जबरजस्ती काम गर्नुहुन्छ भने यसले निद्रा नलाग्ने समस्या हुन्छ । जसलेगर्दा स्वास्थ्य स्थिति अझै खराब हुनेछ ।

- धेरै काम गर्नाले तनाव बढ्छ र शरीरमा कोर्टिसोल र एड्रेनेलीन जस्ता स्ट्रेस हर्मोन बन्न थाल्छन् । जसले गर्दा रक्तचाप तथा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । यी दुवै समस्या मुटुका लागि एकदमै खतरा मानिन्छन् ।
- बिरामी हुँदा पनि शरीरलाई आराम दिनुभएन भने यसले डिप्रेशन पनि ल्याउन सक्छ । शरीरले आवश्यक आराम प्राप्त गरेन भने मानसिक स्वास्थ्यलाई एकदमै नकारात्मक प्रभाव पार्छ ।

प्रतिकृया दिनुहोस