यस्ता रोगमा सुन्निने गर्छ शरीर

एजेन्सी । कहिलेकाँही तपाईंलाई आफू मोटाएको जस्तो लाग्ने गर्छ तर खासमा तपाईंको शरीर मोटाएको नभएर सुन्निएको हुन्छ । यसका पछाडि केही रोग जिम्मेवार हुन सक्छन् ।

यहाँ जान्ने कोसिस गरौं, कस्ता रोग भएमा शरीर सुन्निने गर्छ ।

थाइराइड
थाइराइड भएकाको शरीर सुन्निने हुन सक्छ । हाइपोथाइराइडिज्म हुँदा हात, खुट्टा, अनुहार तथा घाँटी बाहेक शरीरका अन्य भाग पनि सुन्निन सक्छन् ।

मधुमेह
मधुमेहले तपाईंको खुट्टामा सुन्निने समस्या ल्याउन सक्छ । यो समस्या प्रायः रगतमा सुगरको मात्रा बढ्दा हुने गर्छ ।

मिर्गौलाको समस्या
मिर्गौलाले शरीरको सबै टक्सिन तथा फोहोर बाहिर निकाल्ने काम गर्छ । तर जब यसले सही तरिकाले काम गरेन भने यो टक्सिन शरीरमै जम्मा हुन थाल्छ । जसले गर्दा शरीर तथा हातखुट्टा सुन्निने समस्या हुन्छ ।

फ्लुइड जम्मा हुँदा
शरीरमा फ्लुइड जम्मा हुँदा पनि कहिलेकाँही शरीर सुन्निने समस्या हुन सक्छ । यस्तोमा सामान्यतया खुट्टा सुन्निने समस्या बढि हुन्छ ।

टेस्टोस्टेरान हर्मोन बढ्दा
टेस्टोस्टेरान हर्मोनको मात्रा बढ्दा शरीरमा रगत जम्न थाल्छ । जसले गर्दा शरीर सुन्निने समस्या पनि हुन सक्छ ।

रक्तकोषिका कमजोर
शरीर सुन्निनुको पछाडि अर्को कारण रक्तकोषिकाहरु कमजोर हुँदै जानु पनि हो । यसले हातखुट्टा सुन्निने समस्या हुन्छ ।

प्रतिकृया दिनुहोस