जाडोमा घ्यू राखेको कफी पिउनुभएको छ ?
एजेन्सी । कफीमा घ्यू राखेर पिउँदा पनि फाइदा हुने गर्छ । आउनुहोस् आज जानौं कफीमा घ्यू राखेर पिउँदा जाडोमा हुने फाइदाबारे ।
यदि तपाईंले कफीमा अहिलेसम्म घ्यू राखेर पिउनुभएको छैन भने यसका फाइदा जानेपछि अवश्य पिउनुहुनेछ । घ्यू राखेको कफी बनाउनका लागि सहज छ । सामान्य कफीमा एक चम्चा घ्यू राख्नुपर्ने हुन्छ । आउनुहोस् अब यसका लाभका बारेमा जानौं ।
जाडोमा घ्यू शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा धेरै प्रकारका पोषक तत्व पाइन्छन् । जस्तै ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए, के ई आदि । यी सबै पोषक तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन् ।
कफीमा राइबोफ्लेविन, नियासिन, म्याग्नेशियम, पोटाशियम तथा फेनोलिक जस्ता कमाउन्डहरु पाइन्छ । यो शरीरको लागि फाइदाजनक हुन्छ तर कफी अत्यधिक मात्रामा भने पिउनुहुँदैन ।
त्यस्तै घ्यू मा स्वस्थ खालको फ्याट पनि पाइन्छ जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा क्याल्सियमको पनि राम्रो मात्रा पाइन्छ जसले मानिसको पेट लामो समय भरिएको महसुस हुन्छ । यस्तोमा घ्यू राखेको कफी पिएर तपाईं तौल कम गर्न पनि सक्नुहुन्छ ।
त्यस्तै घ्यू राखेको कफीले पेटको दुखाईमा पनि सुधार ल्याउँछ । घ्यू मा क्याल्सियमको राम्रो मात्रा हुन्छ जसले पाचन प्रणालीसँग जोडिएका समस्याहरुलाई सुधार्ने काम गर्छ ।
शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित गर्नका लागि पनि तपाईं घ्यू राखेको कफी पिउन सक्नुहुन्छ । घ्यू मा ब्यूटिरिक एसिड हुन्छ, जसले कोलेस्ट्रोल बढ्न दिँदैन । यसले मुटुको समस्याहरु हुनबाट पनि जोगाउन सक्छ ।
त्यस्तै घ्यू राखेको कफी पिउँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । साथमा हड्डीहरुका लागि पनि राम्रो मानिन्छ । तर यसको सिमीत मात्रामा नै सेवन गर्नुपर्दछ । साथमा कफीमा चिनीको प्रयोग गर्नु हुँदैन । चिनी स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
प्रतिकृया दिनुहोस