चितवनमा पहिलो पटक कष्ट निवारक अनुष्ठान हुने

चितवन,३ माघ । मदनबाबा भक्ति केन्द्रको आयोजनामा पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ भगौलीमा पहिलो पटक उद्धार विशेष अनुष्ठान हुने भएको छ ।

अनन्त परम - उद्धारकर्ता संकटमोचन स्वरूप तत्वदर्शी सद्गुरुदेव मदन बाबाको परम - सानिध्यतामा शारीरिक तथा मानसिक समस्या एवम् नकारात्मक ऊर्जाबाट उद्धार गर्ने अभिप्रायले भक्ति, भजन, सङ्गीत, सत्सङ्ग तथा कष्ट निवारक आध्यात्मिक उद्धार विशेष अनुष्ठान हुने मदनबाबा भक्ति केन्द्र चितवनका सहसचिव कान्ति कुमारी महतोले जानकारी दिनु भयो । योग ध्यान लगायत मानव कष्ट निवारण हटाउने खालका कार्यक्रम सो अवसरमा आयोजना गरिने बताइएको छ । 

वर्तमान अवस्थामा योग ध्यानबाट बालबालिका, युवा, वृद्धा, दिर्घरोगी, डिप्रेसन, अनिन्द्रा हुने सबैलाई सहयोग पुग्ने केन्द्रका सहसचिव महतोले जानकारी दिनु भयो । भक्ति केन्द्र बाग्मती प्रदेशका अध्यक्ष शारदा पहिलो पटक चितवनमा हुन लागेको यस अनुष्ठानमा सबै सहभागी भएर लाभ लिन आव्हान गर्नुभएको छ । कार्यक्रम ५ गते देखी ९ गते सम्म बिहान १०:३० बाट सञ्चालन हुने केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस