जाडोसँगै हुने कम्मरको दुखाईबाट राहत पाउने तरिका

एजेन्सी । जाडो समय शुरु भएसँगै शरीरका विभिन्न अंगको दुखाईहरु पनि शुरु हुन्छ । विशेषगरी कम्मरको दुखाई अत्यधिक महिला तथा पुरुषमा देख्न पाइन्छ । यस्तो दुखाईबाट आराम पाउनका लागि तातो चिजले सेक्नु पनि एउटा उपाय हो । यसले कम्मरको नसाहरुलाई आराम मिल्छ र दुखाई पनि कम हुन्छ । आउनुहोस् जानौं कम्मरको दुखाईमा के कस्ता उपायहरु घरमा अपनाउन सकिन्छ ।

मनतातो तेलले मालिस

कम्मर दुखेमा तपाईं मनतातो तेलले पनि मालिस गर्न सक्नुहुन्छ । दुखाईबाट राहत पाउनका लागि तपाईं लसुनलाई तोरीको तेलमा तताएर मालिस गर्न सक्नुहुन्छ । लसुनमा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ, जसले सुन्निएको र दुखेकोबाट राहत दिन्छ । मालिस गरेपछि तपाईंको कम्मर वरिपरि रक्तसञ्चार पनि राम्रो हुन्छ साथमा यसले दुखाईबाट पनि छिटो राहत दिन्छ ।

प्रर्याप्त आराम

कम्मरको दुखाई भएको बेला कतिपय अवस्थामा हामी आराम गर्दैनौं जसले गर्दा दुखाई झनै बढ्छ । त्यसैले कम्मर दुखेको समस्यामा प्रर्याप्त मात्रामा आराम गर्नुपर्दछ । यस्तो समस्यामा तपाईं जति आराम गर्नुहुनेछ त्यति नै तपाईंको शरीरको दुखाई त्यति छिटो निको हुनेछ ।

हल्का कसरत

यदी तपाईंको प्रायः कम्मर दुख्ने समस्या हुन्छ भने यसका लागि बनेका केही कसरत तथा योगहरु छन् । तपाईं विशेषज्ञको सल्लाहमा ती कसरत तथा योगासनहरु गर्न सक्नुहुन्छ । जो गर्नका लागि पनि सजिलो हुन्छन् र यसलाई सजिलै घरमै गर्न सकिन्छ । नियमित रुपमा सही कसरत तथा योग भयो भने कम्मरको दुखाई कम हुँदै जान्छ ।

फिजियो थेरापी
यदी तपाईंको दुखाई बढ्दै गयो र नियमित कामकाजमै समस्या हुन थाल्यो भने तपाईं नसाको डाक्टरलाई जरुर देखाउनुहोस् । जसले तपाईंलाई फिजियो थेरापीका लागि सुझाव दिनेछन् । यसले तपाईंलाई छिटो राहत प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस