ज्येष्ठ नागरिक समूहले आयोजना गरेको नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०६ जनाले लिए स्वास्थ्य सेवा

गुन्जनगर,२९ पुस । भुमा शान्ति चैतन्य (ज्येष्ठ नागरिक समूह)को आयोजनामा भरतपुर महानगरपालिका १८ को आर्थिक सहयोग र जनता केयर हस्पिटलको प्राविधिक सहयोगमा नि शुल्क स्वास्थ्य शिविर समूहका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।
शनिवार भरतपुर महानगरपालिका वडा न: १८ को कार्यालय परिसरमा भएको शिविरमा दुई सय ६ जनाले सेवा लिएका छन् ।मुटु रोग सम्बन्धी वरिष्ठ डा पुरन गुरुङ, डा रोहित मुरर्का, सुगर , प्रेसर तथा थाईराईड सम्बन्धी वरिष्ठ डा विरेन्द झाले स्वास्थ्य जाँच गर्नु भएको थियो ।
 
शिविरमा नि शुल्क चेकजाँच गरिनुका साथै नि शुल्क औषधि वितरण गरिएको थियो ।


प्रतिकृया दिनुहोस