तातोले जिब्रो पोल्यो ? अपनाउनुस यस्तो उपाए

एजेन्सी । कहिलेकाँही हामीले तातै खाने क्रममा जिब्रो पोलिने गर्छ । अहिले झन् विशेषगरी जाडो समयमा हामी जे पनि तातै खान खोज्छौं जसले गर्दा जिब्रो पोल्ने समस्या आम हुन्छ ।

कहिलेकाँही जिब्रो पोल्नु पनि बढी समस्या हुन सक्छ । यस्तोमा केही टिप्सहरुलाई अपनाएर पनि घरेलु तरिकाबाटै पोलेको जिब्रोलाई निको पार्न सकिन्छ ।

घ्यू
तपाईं पोलेको जिब्रोमा घ्यूको पातलो लेयर लगाउनुहोस् । यसले घ्यूमा भएको बोसो वा चिल्लोपनाले पोल्न कम गराउनुका साथै जिब्रो कोमल बनाउँछ ।

चिसो पानी
तपाईं जिब्रो जलेको खण्डमा चिसो पानी पनि पिउन सक्नुहुन्छ । चिसो पानीले पोल्न कम हुन्छ र दुखेकोमा पनि आराम पाइन्छ ।

कागतीको रस
यदी तपाईंको जिब्रो पोल्यो भने त्यसमा कागतीको रस पनि लगाउन सकिन्छ । यसमा पाइने भिटामिन सी र एन्टीअक्सीडेन्ट्सको गुणले जलेको जिब्रोलाई ठिक गर्न सक्छ ।

दही
जलेको जिब्रोमा दही खाँदा पनि निको हुन्छ । दहीमा पाइने प्रोबायोटिक्सले जिब्रोलाई चिसो बनाएर राहत प्रदान गर्छ ।

दुध
यदी तपाईंको जिब्रो पोल्यो भने दुधलाई चिसो बनाएर पिउनु सकिन्छ । दुध चिसो हुन्छ जसले गर्दा पोलेको दुखाई पनि कम गर्छ ।

मिश्री
तपाईं जिब्रो पोलेको खण्डमा मिश्री चबाउन पनि सक्नुहुन्छ । यसमा पाइने आयुर्वेदिक गुणले तपाईंको पोलेको जिब्रोमा राहत प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस