यी रोगहरुले गर्दा तीव्र गतिमा घट्छ तौल

एजेन्सी । शरीरको बढ्दै गरेको तौलले त सबैलाई सताउँछ नै । बढेको तौललाई घटाउनका लागि तपाईंले पनि विभिन्न तरिका अपनाउनु भएको छ होला । तर कहिलेकाँही तीव्र गति तौल घट्न थाल्छ । यसका पछाडि कुनै विमार पनि हुन सक्छ । जसलाई ध्यान दिन एकदमै जरुरी छ ।

मधुमेह
यदी तपाईंको तीव्र गतिमा तौल कम भइरहेको छ भने मधुमेह यसको एकदमै ठूलो कारण हुन सक्छ । यस्तो टाइप १ र २ दुबै प्रकारको मधुमेहमा हुन सक्छ ।

थाइराइड
यसलाई हाइपरथाइराइडिज्म पनि भनिन्छ । यस्तोमा थाइराइड ग्ल्यान्ड अधिक मात्रामा थाइराइड हर्मोन बनाउन थाल्छ । यो पनि अचानक तौल कम हुनुको एउटा कारण हुन सक्छ ।

टीबी
भोक नलाग्नु तथा तीव्र गतिमा तौल बढ्नु टीबीको सामान्य लक्षण पनि हुन्छ । सामान्यरुपमा यो रोगले फोक्सोलाई प्रभावित गर्दछ ।

रुमेटाइड अर्थराइटिस
यस रोगमा शरीरका जोर्नीहरुमा दुखाई तथा सुन्निने समस्या हुन्छ । यसमा मेटाबोलिज्म तेज हुन्छ र तौल घट्ने कारण बन्न सक्छ ।

डिप्रेशन
डिपे्रशनबाट पीडित व्यक्तिले खाना कम गर्न थाल्छ जसले गर्दा तौल घट्न थाल्छ । अत्यधिक व्यक्तिहरुमा डिप्रेशनमा भोकको कमी हुन थाल्छ । यसले पनि तौल कम हुन सक्छ । डिप्रेशनमा कतिपय व्यक्तिको तौल बढ्न पनि थाल्छ भोक धेरै लाग्ने पनि हुन्छ ।

प्रतिकृया दिनुहोस