बागमती प्रदेशले सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा प्रदान गर्ने

चितवन,२३ पुस । बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा दिने भएको छ । बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिनुभयो ।
 
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि २०८० पारित गरेको छ ।
 
बैठकले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि दोस्रो संशोधन २०८० र दुर्गम क्षेत्र विशेषज्ञ प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस