नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौं,२१ पुस । प्याज एक महत्त्वपूर्ण मसला बाली हो । प्याजको पात र गानो दुवैलाई तरकारीको रूपमा प्रयोग गरिन्छ । प्याजमा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिनलगायतमा तत्त्वहरू पाइन्छन् ।

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् । तर, प्याज खाएपछि केही बेर गन्ध आए पनि निकै हितकारी खाद्यपदार्थ हो । प्याजमा निकै लाभदायक तत्त्वहरू पाइनुका साथै यसमा औषधीय गुण समेत पाइन्छ । प्याजमा भिटामिन बी, सी र फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । 

नियमित प्याज खानुका फाइदा
० पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ,
० हड्डीलाई मजबुत बनाउँछ,
० विभिन्न भाइरससँग लडेर शरीरलाई सङ्क्रमणबाट बच्न मद्दत गर्छ,
० मुटु रोग लाग्नबाट बचाउँछ,
० रक्तचाप, कोलेस्ट्रोल र सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...