यी पाँच समस्या भएका व्यक्तिका लागि अमला सेवन खतरनाक

काठमाडौं,९ पुस । अमला कपाल र स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । जाडोयाममा सजिलै उपलब्ध हुने अमला दिनहुँ सेवन गर्नु आवश्यक छ ।

अमलामा भिटामिन सी पर्याप्त मात्रा हुन्छ । तर अमलाको सेवन केहि मानिसका लागि खतरनाक हुन्छ । त्यस्ता मानिसले अमला सेवन गर्नाले शरीरलाई नोक्सान पुर्याउँछ ।


मुटुको समस्या हुनेका लागि
अमला खानाले कपालका साथै शरीरका विभिन्न अंगका लागि फाइदाजनक हुन्छ । तर अमलाको सेवन मुटुको समस्या भएका व्यक्तिले अमला सेवन गर्नु हानिकारक हुन्छ ।

एसिडिटी
यदि तपाईँलाई पनि एसिडिटीको समस्या छ र केहि खाँदा पेट पोल्ने समस्या छ भने त्यस्ता व्यक्तिका लागि अमला अथवा अमलाको मुरब्बा सेवन हानिकारक हुन्छ ।

पानीको कमी
पानीको कमी भएका मानिसका लागि पनि अमलाको सेवन खतरनाक हुन सक्छ । यस्ता समस्या भएका व्यक्तिका लागि अमला सेवन गर्दा शरीरमा ड्राईनेसका कारण बन्छ ।

कब्जियत
कब्जियतका विरामीका लागि पनि अमला सेवन हानिकारक हुन्छ । अमला सृेवन अत्यधिक मात्रामा गर्दा कब्जियत जस्ता समस्या हुन्छ । अमला सेवन गर्नु कब्जियत समस्या झन् बढ्छ ।

पिसाबमा संक्रमण
यदि तपाईँले पनि यूरिन इन्फेक्शनको सामना गरिरहनु भएको छ भने त्यस्ता व्यक्तिले पनि अमला सेवन गर्नु नोक्सादायक हुन्छ । पिसाब संक्रमण भएको व्यक्तिले अमला सेवन गर्दा पिसाब पोल्ने समस्या हुन्छ ।

प्रतिकृया दिनुहोस