चिसोमा दही कसरी खाने ?

काठमाडौं,१ पुस । दूध र दूधजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही पनि एक दुग्ध उत्पादन हो, जसले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ । 

तपाईँले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरूले दही खाने सल्लाह दिन्छन् । दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् ।
गर्मीमा दहीको सेवन राम्रो मानिन्छ । जाडोमा दहीको सेवनले रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या आउन सक्छ ।

जाडोमा दही कसरी खाने त ?
दालचिनीमा एन्टिफङ्गल, एन्टिभाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले चिसोका कारण लाग्ने रोगबाट जोगाउन मद्दत गर्छ । जाडोमा दालचिनीको धुलो दहीमा मिसाएर खाँदा फाइदा हुन्छ ।

ल्वाङको धुलो
ल्वाङमा एन्टिअक्सिडेन्ट हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले हड्डी, दाँत र नङ बलियो हुन्छ । जाडोमा दहीमा ल्वाङको धुलो हालेर खान सकिन्छ ।

अलैँचीको धुलो
अलैँचीको फल खाँदा शरीरलाई हिट गर्छ । यसको सेवन गर्नाले पेट सम्बन्धी रोगहरू जस्तै वान्ता, अपच, पेट दुख्ने समस्याहरू हट्छ । जाडोमा अलैँचीको धुलो दहीमा मिसाएर खाँदा शरीरलाई घाटाभन्दा फाइदा बढी गर्छ ।

प्रतिकृया दिनुहोस