नेपाल वैदिक सनातन हिन्दुराज्य कायम हुनुपर्छ : राप्रपा सह महामन्त्री रिना गुरुङ

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह महामन्त्री एवं पूर्व बागमती प्रदेश सभा सदस्य रिना गुरुङले नेपाल वैदिक सनातन हिन्दुराज्य कायम हुनुपर्ने बताउनुभएको छ ।

माडीको धार्मिक एवं पर्यटकिय क्षेत्र बैकुण्ठ धाममा भएको बालाचतुर्दशी मेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।त्यस्तै उहाँले आँफु बागमती प्रदेशसभा सदस्य हुँदा माडी हुलाकी  सडक खण्डदेखि बैकुण्ठेश्वर मेलास्थलसम्म पुग्ने बाटो कालोपत्रे गर्न पहल गरेर निर्माण गरेको बताउनुभयो ।

उहाँले माडी धार्मिक तपोभूमी क्षेत्र भएको हुँदा यसको बिकास र बिस्तारका लागि पहल गर्नुपर्ने धारणा राख्दै शालिग्राम पाउने दुई क्षेत्र मध्य  एक माडी भएको उल्लेख गर्नुभयो । साथै उहाँले माडीको बिकासमा स्टन्टबाजी नगरी सबै पार्टी र राजनीतिक दलका नेताहरू मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...