जाडोमा पालकको साग खानुका ६ फाइदा
एजेन्सी । जाडो मौसम आइसकेको छ र चिसो अनुसार आफ्नो दैनिक खानपानमा पनि परिवर्तन ल्याउने बेला भइसकेको छ । यो आवश्यक कुरा पनि हो ।
जाडोमा हामीले विशेषगरी मौसमी फल तथा तरकारीको सेवन गर्नुपर्दछ । जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै चिसोको असर पनि कम पर्छ ।
जाडोमा हाम्रो खानपानमा पालकको सागलाई अवश्य समावेश गर्नुपर्दछ । किनकी यसमा धेरै नै फाइदा छन् । केही कारण जानौं कि जसले गर्दा यो खानुपर्छ ।
- पालक आइरनको एकदमै राम्रो स्रोत हो जसले रगतमा अक्सिजन प्रवाहमा सहयोग गर्दछ ।
- नियमित रुपमा पालकको सेवनले रगतको कमी हुँदैन र शरीर स्वस्थ रहन्छ । गर्भावस्थाको बेला पनि पालक एकदमै धेरै खानुपर्छ ।
- पालकले रगतमा सुगरको मात्रा कम गर्छ जसले गर्दा मधुमेहका बिरामीलाई पनि यसले निकै फाइदा पुर्याउँछ । पालकमा लिपोइक एसिड पाइन्छ जसले रगतमा सुगर नियन्त्रण गर्ने काम गर्छ ।
- पालकमा क्याल्सियम, भिटामिन के र म्याग्नेसियम पाइन्छ जसले हड्डीलाई स्वस्थ बनाउँछ । पर्याप्त मात्रामा पालकको सेवनले आस्टियोपोरोसिस जस्ता हड्डीका रोग हुँदैनन् ।
- उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । नियमित रक्तचाप उच्च भइरहेमा यसले मुटुसम्बन्धी रोग निम्त्याउँछ । पालकमा उच्च मात्रामा पोटाशियम हुन्छ जसले शरीरमा सोडियमको असरलाई कम गरेर रक्तचापलाई नियन्त्रित राख्छ ।
- त्यस्तै पालकमा केरेटोनोइड्स हुन्छ जो आँखालाई घामबाट हुने नोक्सानबाट जोगाउँछ । कयौं अध्ययनमा देखिएको छ कि पालक खानाले आँखा स्वस्थ रहन्छन् ।
प्रतिकृया दिनुहोस