चनौलीमा भएको नि: शुल्क स्वास्थ्य शिविरमा १५४९ जनाले गरे स्वास्थ्य जाँच
चनौली १६ मंसिर । उपेन्द्र देवकोटा फाउन्डेसनले पश्चिम चितवनको चनौलीमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा १ हजार ५ सय ४९ जनाले स्वास्थ्य जाँच गराउनु भएको छ ।
उपेन्द्र देवकोटा मेमोरीयल न्युरो हस्पिटल बासवारिको सहकार्य र नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको समन्वयमा शुक्रवार र शनिवार(हिजो र आज) गरी दुई दिनसम्म पश्चिम चितवनको चनौली रेडक्रस भवनमा शिविर सञ्चालन भएको थियो ।
शिविरमा प्रा.डा.मधुदिक्षित देवकोटा, डा.सागर कोइराला, डा.प्रिया भुसाल, डा.शिवानी राई, डा.घनश्याम खरेल, डा.दीपेन्द्र थापा, डा.नयन कोइराला, डा.किशोर खडका,डा.नवराज अधिकारी र अविनाश खकुरेलले स्वास्थ्य परीक्षण गरेको नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेले बताउनु भयो ।

शिविरमा सामान्य चिकित्सा, शल्य चिकित्सा, न्युरो सर्जरी, न्युरोलोजी, आँखा रोग, दन्त चिकित्सा, चर्म रोग, स्त्री तथा प्रसूति रोग नाक,कान घाटी सम्बन्धी विज्ञ डाक्टरहरूबाट परीक्षण गरिनुको साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस