मोटोपन पनि क्यान्सरको कारण बन्न सक्छ

एजेन्सी । भनिन्छ शरीर मोटो हुँदै जानु भनेको विभिन्न रोगहरुलाई निम्तो दिनु हो । यो धेरै हदसम्म सत्य कुरा नै हो । तर, मोटोपनलाई लिएर अर्को एउटा नयाँ अध्ययन भएको छ जसले तपाईंलाई चकित पार्नेछ ।

अध्ययनअनुसार मोटा व्यक्तिमा क्यान्सर विकसित हुने सम्भावना १० गुणा अधिक हुन्छ । यसले आन्द्रा, पेट, अन्डाशयमा ट्यूमरको खतरा बढ्छ । अध्ययनमा यो पनि देखिएको छ कि मोटोपनले १३ प्रकारका क्यान्सरको खतरा बढाउँछ ।

यो अध्ययनका लागि सोधकर्ताहरुले ११ वर्षसम्म करीब ६ लाख व्यक्तिको स्वास्थ्य तथ्यांक ट्रयाक गरेका छन् । यसमा ५२ हजारभन्दा धेरै मानिसमा क्यान्सर विकसित भएको देखिएको छ । साथमा उच्च बडी मास इन्डेक्स अर्थात बिएमसी भएका व्यक्तिमा क्यान्सर हुने सम्भावना १० गुणा धेरै थियो । यो अध्ययन बीएमसी मेडिसिनमा प्रकाशित भएको थियो ।

प्रतिकृया दिनुहोस