चितवनमा ७८ जना एचआईभीबाट सङ्क्रमित

चितवन,१४ मंसिर ।  सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ ।

छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले आज  पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो ।

परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना तेस्रो लिङ्गी र दुई जना बालबालिका छन् । सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन् । जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । 

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...