शरीरमा आयोडिनको कमी हुँदा देखिन्छन् यस्ता संकेत
एजेन्सी । आयोडिन शरीरका लागि एकदमै महत्वपूर्ण हुन्छ । शरीरमा आयोडिनको कमी हुँदा विभिन्न प्रकारका लक्षण देखिन्छन् । त्यस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन ।
यसले शरीरमा स्वास लिन, हृदयको गतिलाई सही राख्न तथा मांसपेशीलाई बलियो बनाउने काम गर्छ । शरीरमा आयोडिन कम हुँदा कस्ता लक्षण देखिन्छन् र त्यसबाट बच्च के गर्ने ? जानौं ।
- शरीरमा आयोडिनको कमी हुँदा घाँटी सुन्निने समस्या हुन्छ । यस्तो थाइराइड ग्रन्थी ठूलो हुनाले हुन्छ ।
- शरीरमा आयोडिनको कमी हुँदा घाँटी सुन्निने समस्या हुन्छ । यस्तो थाइराइड ग्रन्थी ठूलो हुनाले हुन्छ ।
- आयोडिनको कमी हुँदा तौल बढ्न थाल्छ । आयोडिनको कमीले थाइराइड हर्मोनमा गडबडी हुन्छ र तौल बढ्छ ।
- आयोडिनको कमी हुँदा शरीरमा हाइपोथाइराइडिज्म हुन थाल्छ । यसले शरीरमा चिसो महसुस हुन थाल्छ ।
- आयोडिनको कमी हुँदा सोच्ने तथा सम्झने क्षमता पनि कम हुन थाल्छ । यस्तो लक्षण देखियो भने बुझ्नुहोस् शरीरमा आयोडिनको कमी छ ।
- शरीरमा आयोडिनको कमी हुँदा अनाज, दाल, अन्डा, दही, च्याउ तथा लसुनलाई खानपानमा समावेश गर्नुहोस् । यसो गर्नाले आयोडिनको मात्रा शरीरमा बढ्न थाल्छ ।
- त्यस्तै दुधमा क्याल्सियम तथा आयोडिन पर्याप्त मात्रामा हुन्छ । दैनिक एक गिलास दुध पिउनाले पनि आयोडिनको पूर्ति हुन थाल्छ ।
प्रतिकृया दिनुहोस