चितवनसहित देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
चितवन,१२ मंसिर । गृह मन्त्रालयले चितवनसहित देशभरका ७४ कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ ।
विपश्यना ध्यान शिविर ललितपुरको नख्खु कारागारबाट सुरु हुने यो शिविर चितवनमा भने केही समयपछि सञ्चालन हुने भएको हो ।
विपश्यना एक आत्मनिरीक्षण गर्ने वैज्ञानिक साधना पद्धति हो । यो एक अति सरल एवं व्यावहारिक ध्यान विधि हो । जसको प्रयोगबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । विपश्यनाको शाब्दिक अर्थ हो– आफूभित्र गहिरिएर हेर्नु । जुन वस्तु जस्तो छ, त्यस्तै जान्नु र आफूभित्रको वास्तविक सत्यलाई विशेष रूपले हेर्नु नै विपश्यना हो । कारागारका कैदीहरुमा यो विधिले सकारात्मक रुपान्तरण आउने गृहमन्त्रालयको विश्वास छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, ‘एक महिना भित्रै नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिनेछ ।’
ती सबै कारागारहरुमा नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । धर्मसेवक सुशील शाहका अनुसार एक पटकमा ६०–७० जनाले विपश्यना ध्यान गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइनेछ ।
यसअघि गृह मन्त्रालयले अधिकृतदेखि माथिका कर्मचारीहरुलाई ध्यान विज्ञान कार्यक्रम सञ्चालन गरेको थियो । लगत्तै सबै महाशाखाहरुलाई परिपत्र गरेर बिहान १०ः१५ बजेभन्दा अगाडि अनिवार्य १५ मिनेट योगाभ्यास\ध्यान गर्न मन्त्रालयले भनेको थियो । यसो गर्दा कर्मचारीहरुको कार्यक्षमता बढ्ने मन्त्रालयको विश्वास छ ।
कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने निर्णय गर्नुअघि मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानाको बैठक बसेको थियो । सोही बैठकले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठको अभियानअन्तर्गत विपश्यना ध्यान शिविर सञ्चालन हुन लागेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस