पश्चिम चितवनको चनौलीमा निःशुल्क स्वास्थ्य शिविर हुने

चनौली,१२ मंसिर । पश्चिम चितवनको चनौलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको स्मृतिमा स्थापित ‘उपेन्द्र देवकोटा फाउन्डेसन’ले पश्चिम चितवनको चनौलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

उपेन्द्र देवकोटा मेमोरीयल न्युरो हस्पिटल बासवारीको सहकार्यमा र नेपाल रेडक्रस चनौली उपशाखाको समन्वयमा आउँदो मंसिरको १५ र १६ गते दुई दिनसम्म रेडक्रस भवनमा शिविर सञ्चालन हुने भएको हो ।शिविरमा सामान्य चिकित्सा, शल्य चिकित्सा, न्युरो सर्जरी, न्युरोलोजी, आँखा रोग, दन्तचिकित्सा, चर्म रोग, स्त्री तथा प्रशुती रोग नाक,कान घाटी सम्वन्धी विज्ञ डाक्टरहरूबाट परीक्षण गरिने साथै औषधि निःशुल्क वितरण गर्नुका साथै रगतमा चिनीको मात्रा परिक्षण गरीने नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापती ओमप्रसाद लामिछानेले वताए।

शिविरमा प्रा.डा.मधुदिक्षित देवकोटा, डा. सागर कोइराला, डा.प्रिया भुषाल, डा. शिवानी राइ, डा.घनश्याम खरेल, डा.दिपेन्द्र थापा, डा.नारायण कोइराला, डा.किसोर खडका,डा.नवराज अधिकारी र अविनाश खकुरेलले स्वास्थ परिक्षण गर्ने सभापती लामिछानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस