चितवनमा डा.योगी विकाशानन्दद्वारा ज्ञान योग, ध्यान र साधना तथा हिप्ना थेरामी कार्यक्रम सम्पन्न
चितवन,११ मंसिर । चितवनमा ज्ञान योग, ध्यान र साधना तथा हिप्ना थेरामी कार्यक्रम सम्पन्न भएको छ। आईतबार मनोक्रान्ती अभियानता दार्शनिक आध्यात्मिक श्रद्धेय डा.योगी बिकाशानन्द गुरुदेवद्वारा ज्ञान योग, ध्यान र साधना तथा हिप्ना थेरामी कार्यक्रम सम्पन्न भएको हो ।
विकाशानन्द फाउन्डेसन विश्व परिवार चितवन शाखाले आयोजना गरेको एकदिवसीय योग तथा ध्यान शिविर कार्यक्रम भरतपुर स्थित भोजाड धावन पार्टी प्यालेस र गैंडाकोटको नारायणी रिसोर्टमा भएको हो ।
कार्यक्रममा योग, ध्यान र प्रणायाममार्फत जीवनमा शक्ति जागृत गराउनका लागि ‘डेमो’ प्रस्तुत गरिएको थियो । ‘डेमो’ मार्फत स्वस्त शरीर, शान्त मन, पारिवारिक प्रेम, सामाजिक सुरक्षा, सच्चारित्र, तनाबमुक्त, कन्फिडेन्ट लेबल कसरी बढाउने भन्ने बारे प्रस्तुत गरिएको थियो ।

पछिल्लो समय बदलिँदै गएको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यस्ता खालका कार्यक्रम फलदायी हुने डा. विकाशानन्दले बताए ।
‘एकदिनमा दिइएको प्रशिक्षण तथा डेमोबाटै साधकहरुले आफूले सिक्ने र जीवनमा लागू गर्ने हो’, उनले भने, ‘किनकि परिवर्तन जीवनमा एकैदिन हुने हो । हामीले त्यो दिनलाई पर्खिने मात्रै हो । किनकि संसार बदल्नुछ भने आफैँबाट सुरू गर्नुपर्छ ।’

दिउँसो १ बजेबाट शुरु भएको उक्त कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्कुलका शिक्षक, शिक्षिका, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस