छालाको समस्या र कव्जियतबाट बच्न काक्रो खानुहोस्

काठमाडौँ,१० मंसिर । गर्मी मौसममा काँक्रोको स्वाद सबैलाई मन पर्ने गर्दछ । स्वादका लागि मात्र हैन काँक्रोको फाईदा पनि उत्तिकै रहेको छ । यसमा भिटामिन सी , पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाईने गर्दछ । त्यस्तै कार्बोहाइड्रेट , क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि जस्ता बहुपयोगी तत्वहरु समेत पाईने गर्दछ । पोषक तत्वले भरिपुर्ण यस फलमा ९६ प्रतिशत सम्म पानीको मात्रा पाईने गर्दछ ।

यसमा भएको पोषक तत्वले रगत जम्ने नदिने, हड्डीको मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्दछ । काँक्रोले कब्जियतसँग लड्न मद्दत गर्छ। मधुमेह रोगीहरूको लागि लाभदायक हुन्छ । यसमा एन्टिबायोटिक राम्रो मात्रामा हुने गर्दछ । तौल र पेटको बोसो घटाउनको लागि यसलाई आफ्नो आहारमा समावेश गर्न सकिन्छ । तौल घटाउन काँक्रो फलदायी हुने कारण भनेको क्यालोरीको मात्रा एकदमै कम हुनु हो ।

एक कप काटेको काँक्रोमा क्यालोरीको मात्रा १४ प्रतिशत हुन्छ । यस्तै मध्यम आकारको काँक्रोमा क्यालोरीको मात्रा २४ प्रतिशत हुन्छ। यसलाई सलादको रुपमा खाँदा लामो समयसम्म पेट भरिन्छ । जसकाकारण भोक लाग्दैन र अरु खानेकुरा खानु नपर्ने हुँदा स्वतः वजन लस भएर जाने गर्दछ । तौल घटाउनका लागि काँक्रोको जुस पनि बनाएर खान सकिन्छ । काँक्रोलाई टुक्रा पारेर पुदिनाको पात, तुलसीको पात र अलिकति कागती हालेर यसलाई मिक्चरमा राखेर पिस्नुहोस् ।यसले शरीर डिटक्सिङमा पनि सहयोगी गर्दछ ।

काँक्रोमा अत्याधिक पानी हुने भएको हुँदा यसको सेवन पश्चात पानी पिउनु राम्रो मानिदैन । ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन । यदि तपाईले यसो गर्नुभयो भने तपाईलाई पेट दुख्न सक्छ र यस बाहेक यसको पोषक तत्व पनि पातलो हुन्छ। ध्यान दिनुहोस् कि सुत्नुभन्दा ठीक अगाडि काँक्रो नखानुहोस् किनकि यसले पेट फुल्न सक्छ। अर्कोतर्फ, यसलाई राती खाँदा तपाईंको निद्रामा बाधा पनि पुग्न सक्छ ।

प्रतिकृया दिनुहोस