कुरिनटारमा स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम
चितवन,१० मंसिर । चितवनको इच्छाकामना ४ कुरिनटार स्थित इच्छाकामना आधारभूत अस्पतालमा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
इच्छाकामना गाउँपालिका,भक्तपुर क्यान्सर अस्पताल तथा श्री याक ब्रिविङ कम्पनी प्रालि कुरिनटारको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा १८० जनाले स्वास्थ्य जाँच गराएको आधारभुत अस्पताल कुरिनटारका सिनियर अनमी निरीक्षक मञ्जु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १७० जनाले क्यान्सर, ३४ जनाले भिडियो एक्सरे र १० जनाले स्तन जाँच गराएका थिए ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी समेत वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस