चितवनमा डेँगु संक्रमितको संख्या झण्डै १५ सय पुग्यो, २४ घण्टामा ६ जना संक्रमित थपिए
चितवन,७ मंसिर । चितवनमा साउनदेखि मंसिरको पहिलो हप्तासम्म डेँगु संक्रमितको संख्या झण्डै १५ सय पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा चितवनमा एक हजार ४५१ जना डेँगु संक्रमित भएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ५३८ जना, खैरहनी नगरपालिकामा १६७ जना, माडी नगरपालिकामा १८ जना, रत्ननगर नगरपालिकामा १८० जना, राप्ती नगरपालिकामा ६७ जना, कालिका नगरपालिकामा १९ जना, इच्छाकामनामा ४३ जना संक्रमित भएका छन् ।

त्यसैगरी डेँगु संक्रमितमध्ये ठेगाना नखुलेका १२७ जना र अन्य जिल्लाका २९२ जना रहेका छन् । बिगत २४ घण्टामा ६ जना संक्रमित थपिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस