चनौलीमा ७१ जनाले गरे रक्तदान

चनौली,२१ कात्तिक । भरतपुर–२०,चनौलीमा मंगलबार सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् ।
 
शिखर इन्स्योरेन्स कम्पनीको १९ औ स्थापना दिवसको अवसर पारेर चनौली शाखाले नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथी वाग्मति प्रदेश सभा सदस्य माया श्रेष्ठले रक्तदाता हरुलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेकी थिइन ।
 
उक्त अवसरमा प्रमुख अतिथि श्रेष्ठले चितवनका अस्पतालहरुमा रगतको आवश्यकता बढी हुँदा बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिने गरेको बताउँदै रगतको अभाव भैरहँदा स्थानीयस्तरमा रक्तदान कार्यक्रमहरुलाई अभियानका रुपमा लानुपर्नेमा जोड दिएकी थिइन ।
 
कार्यक्रममा भरतपुर–२० का वडाध्यक्ष मुक्तिप्रसाद घले, चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछाने, शिखर इन्स्योरेन्स कम्पनी चनौली शाखाका प्रमुख सुशिल तामाङ, पुरूषोतम अर्याल,संस्थाका सचिव चूडामणि पौडेल लगायतले मन्तव्य राखेका थिए । चनौली उपशाखा रक्तदानमा जिल्लाकै उत्कृष्ट शाखा भएको र हरेक ३ महनिामा चनौली उपशाखाले रक्तदान कार्यक्रम गर्दै आएको सभापती ओमप्रसाद लामिछानेले वताए। रेडक्रस चनौली उपशाखाका रक्त संकलन शाखा संयोजक कालिकाप्रसाद खनालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस