भरतपुर २५ रातापुरमा ७ दिने योग साधनाको समापन
रातापुर,२१ कात्तिक । रातापुरमा ७ दिने योग साधनाको आज समापन भएको छ । सारथि रातापुर युवा क्लब, भरतपुर २५ चितवनको आयोजनामा पतञ्जलि योग साधना को योजना तर्जुमा महाशाखा प्रमुख ॐ प्रकाश पाण्डे को प्रमुख आतिथ्य तामा कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा भरतपुर २५ का वडा अध्यक्ष छविलाल सापकोटाले भरतपुर २५ बासिका लागि हरपल साथमा आफु रहने बताउनु हुँदा कार्यालय बाट सक्दो सहयोग गरिरहने बाचा समेत गर्नु भएको छ ।
कात्तिक १५ बाट सुरु भएको पतञ्जलि योग साधना कार्यक्रममा रातापुर बासीको सहभागिता रहेको जनाउनु हुर्दै सम्पुर्ण प्रती आभार व्यक्त गर्नु भएको छ । आज समापन कार्यक्रममा पतञ्जलि योग साधना केन्द्रका सदस्य हरि बहादुर के।सी, जिल्ला पतञ्जलि योगका महिला अध्यक्ष अस्मिता पाण्डे,गोर्कणानन्द आश्रमका अध्यक्ष विष्णु प्रसाद जमरकट्टेल, गोकणानन्द आश्रम योग साधना केन्द्रका संयोजक अमृत बहादुर रानाभाट लगायतको पनि उपस्थिति रहेको थियो।
शिवालय योग साधना केन्द्रका प्रशिक्षकहरूले भरतपुर २५ बाट ३० जनाको समूह बनाइ निरन्तर योगको तालिम प्रदान गराउने जानकारी दिनु गराउनु भयो । । सारथि रातापुर युवा क्लबका अध्यक्ष सुरज महतोको सभाअध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा आज १०० बन्दा बढीको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस