नसा बलियो बनाउन यस्ता चीज खानुहोस्


एजेन्सी । भागदौडपूर्ण जीवनमा मानिसको शारीरमा अनेक समस्याहरु देखिने गर्छ । जसमध्ये अहिले नसाको समस्या पनि अत्यधिक देखिने गर्छ । जसले गर्दा मानिसलाई तनाव, शरीरमा दुखाई तथा निद्रा नलाग्ने जस्तो समस्याहरु हुन सक्छ । यस्तोमा केही घरेलु उपायहरु अपनाएर पनि कमजोरीलाई भगाउन सकिन्छ ।

नसा कमजोर हुँदा शरीरमा तनाव, मांसपेशीहरुमा कमजोरी, शरीरमा दुखाई जस्ता लक्षणहरु हुन्छन् । साथमा हिँड्दा तथा दौडिँदा पनि थकान महसुस हुन्छ । बिहान नास्तामा एक गिलास दुधसँग ५ देखि १० वटा खजुर खानाले नसाको कमजोरी निको हुन्छ । साथमा खजुरले शरीरमा इम्युनिटी पनि बढाउन सहयोग गर्छ ।

अमलाले पनि शरीरमा हुने नसाको कमजोरी हुनबाट जोगाउँछ । यसका लागि अमलाको धुलोलाई दुध वा पानीसँग मिसाएर बिहानको समयमा पिउन सकिन्छ ।

प्रतिकृया दिनुहोस