आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौँ,१८ कात्तिक । आज  पनि सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियान अन्तरगत ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका  बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको हो।

प्रतिकृया दिनुहोस