चितवनको सिद्धीमा १६८ जनाले गराए निःशुल्क स्वास्थ्य परिक्षण
चितवन,१७ कार्तिक । चितवनको कालिका नगरपालिका १० सिद्धि दोभानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विहिवार भएको सो शिविरमा ४० भन्दा वढि बालबालिका सहित १६८ जनाळे स्वास्थ्य परिक्षइ गराएका छन् । चितवन सहायता समाज युके, चितवन सहायता समाज बेल्जियम, चितवन समाज साउथ अस्ट्रेलिया र लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक थ्रि टुफाईव आर अन्तर्गतका लायन्स क्लव अफ नारायणगढ,लायन्स क्लव अफ नारायणगढ संगमचोक,लायन्स क्लव अफ नारायणगढ नारायणी, लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जिवनी,लायन्स क्लव अफ चितवन सौराहाको संयुक्त आयोजनामा भएको थियो ।
लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक थ्रिटुफाईवभ आर नेपालका पूर्व डिष्ट्रक गभर्नर सिदार्थलाल चुकेको प्रमुख आतिथ्यतमामा भएको कार्यक्रममा कालिका १० का वडा अध्यक्ष नरजङ (महेन्द्र ) प्रजा ,चितवन सहायता समाज युकेका पूर्व अध्यक्ष लोक गुरुङ ,, चितवन सहायता समाज बेल्जियम सस्थापक अध्यक्ष सीता सापकोटा चितवन समाज साउथ अस्ट्रेलियाका अध्यक्ष उतम अधिकारी लगायतले बोळ्नुभएको थियो ।
कार्यक्रम चितवन सहायता समाज युकेका सस्थापक कोषाध्यक्ष विनोद तिमेल्सिनाले स्वागत मनत्वय दिनु भएको थियो ।कार्यक्रमको लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक थ्रिटुफाईभ आर नेपालका पूर्व डिष्ट्रक एक्जुकेटिभ चिफ राजेन्द्र गौतमले सहजिकरण गर्नुभएको सो कार्यक्रम लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक थ्रिटुफाईभ आर नारायणगढ सगंमचोकका अध्यक्ष सुविर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो ।
शिविरमा नेशनल सिटी अस्पताल र निको बाल अस्पतालका चिकित्सकहरुले चेकजाँच गरेका थिए ।।स्वास्थ्य शिविरमा बालबालिका देखि बृद्धसम्मको सम्पूर्ण स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधीको पनि व्यवस्था मिलाइएको थियो । स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिविर स्थल आइपुगेका थिए । अधिकांश सिमान्तकृत चेपाङ समुदायकाले सो शिबिरमा स्वास्थ्य परिक्षण गराएका थिए ।
प्रतिकृया दिनुहोस