एक मसला जसले खोकी चट बनाउँछ

एजेन्सी । अहिले बदलिँदो मौसमले गर्दा बच्चादेखि बुढासम्मलाई खोकीको समस्या एकदमै धेरै भइरहेको पाइन्छ । यदी तपाईं पनि यस समस्याबाट छुट्कारा पाउन चाहनुहुन्छ भने पीपली नामको मसलाको सहारा लिन सक्नुहुन्छ । पीपलीमा प्रोटिन, एन्टीइन्फ्लामेटरी गुण, आदि जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले खोकीको समस्याबाट बच्न सकिन्छ ।

पीपली एउटा गरम मसला हो । यानिकी यो मसलाको सेवनले शरीरमा गर्मी ल्याउँछ । यदी तपाईंलाई रुघाखोकीको समस्या छ भने पीपलीको धुलोको सेवन गर्न सक्नुहुन्छ । एक चिम्टी पीपलीको पाउडरलाई महमा मिसाएर खाँदा खोकी ठिक हुन्छ ।

सुख्खा खोकी लागिरहेको छ भने पीपलीको धुलोमा मह मिसाएर मनतातो पानीसँग खानुहोस् । तपाईंले तीन देखि पाँच दिनभित्र खोकीबाट राहत पाउनुहुनेछ । कफ सहितको खोकी छ भने पनि मनतातो पानीमा पीपलीको धुलो, बेसार, सुकेको अदुवा तथा मह मिसाएर पिउन सक्नुहुन्छ । साथमा यस्तो सामग्री मिसाएर चिया तयार गरेर पनि पिउन सकिन्छ ।

प्रतिकृया दिनुहोस