सुतेर बिहान उठ्दा आँखामा कचेरा किन लाग्छ ?

काठमाडौँ,९ कात्तिक । हामी राति सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा धेरथोर कचेरा लागेको हुन्छ । आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको सम्मिश्रण नै कचेरा हो ।

आँखाबाट आउने आँसुले आँखालाई सुख्खा हुनबाट जोगाउन र आँखालाई भिजाइ  नरम बनाइराख्न मुख्य भूमिका खेल्छ । हामी निदाएको बेला आँखाबाट आँसु आउँदैन त्यही आँसु निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने काम गर्छ ।

तर, आँखामा कचेरा नै आएन भने आँखामा सङ्क्रमण भई आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्त्वहरू बाहिर निस्कन पाउँदैन र आँसु आँखाभित्र नै जम्मा हुन्छ । जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।

कचेरा आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीमा मरेका कोषहरू मिलेर बनेको हुन्छ । प्लीका सेमी लुनारिस नामक आँखाको भागले हर समय कचेरा बनाउने तरल पदार्थ (आँसु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

प्रतिकृया दिनुहोस