तनहुँको म्याग्देमा दश श्ययाको अस्पताल

तनहुँ,४ कात्तिक । जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ । 

उक्त पालिकाले रु छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ । 

यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।  म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...